पोखरा । गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने केही ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् ।
गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बागलुङबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, लमजुङबाट एमाले उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नवलपुरबाट कांग्रेसकै पूर्व महामन्त्री शशांक कोइराला, बागलुङबाट शिक्षामन्त्री समेत बनेका माओवादी नेता देवेन्द्र पौडेललाई प्रदेशवासीले जिताएर पठाएका हुन् ।
हेभिवेटमध्ये पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो पल्ट गण्डकी प्रदेशवासीले जिताएर पठाएका हुन् । गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका प्रचण्ड भारी मतान्तरले निर्वाचित भए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार बढी फराकिलो मतान्तरले हराएका हुन् । अन्तिम समयमा चितवन छोडेर गोरखा पुगेका प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गरे । बुर्लाकोटीले १२ हजार ६ सय ३७ ल्याए भने तेस्रो स्थानमा रहेको एमालेका तर्फबाट उम्मेदवार अब्दुस सलाम मियाँले ७ हजार ३ सय ९३ मतमा खुम्चिए ।
पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार रामचन्द्र पौडेललाई तनहुँ १ का मतदाताले यसपालि भने जिताए । यसअघि पराजित उनले अहिले एमालेका एकबहादुर रानामगरलाई करिब ६ हजार मतान्तरले हराएका हुन् । विगतको हार बिर्संदै पौडेलले यसपालि २५ हजार ३ सय १३ मत प्राप्त गर्दा एकबहादुरले १९ हजार ९ सय २५ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएर तेस्रो भए ।
गोरखाबाट प्रचण्ड, तनहुँबाट रामचन्द्र, लमजुङबाट पृथ्वीसुव्वा निर्वाचित
गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाई चुनावी प्रतिस्पर्धामा हराएका हुन् । पृथ्वीसुव्वाले ३४ हजार ९ सय ६९ मत प्राप्त गर्दा देवले ३१ हजार ७ सय ८१ मत ल्याए । विगतमा पनि संघको मन्त्री बनिसकेका पृथ्वीसुव्वा केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेतामा पर्दछन् । गण्डकीमै मुख्यमन्त्री दोहोर्याउने चाहना गरेका उनलाई पार्टीले केन्द्रीय राजनीतिमै तानेको हो ।
यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङबाट निर्वाचित हुन सफल भए । उनले एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराउँदै पुनः संसद यात्रा तय गरेका हुन् । बागलुङ १ बाट केसीले २१ हजार ४ सय ५१ र पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरेका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठक यसपालि उपविजेतामा सीमित भए । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३ मत पाएका छन् ।
नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहो¥याए । कांग्रेसमा हाल केन्द्रीय सदस्य रहेको डा.कोइरालाको यो चौंथो जीत हो । उनले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । सो यात्राको लागि उनले एमालेका कृष्ण पौडललाई हराएका हुन् । कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलको पक्षमा २५ हजार ४७ मत परेको छ ।
बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित हुन सफल भए । शिक्षामन्त्री समेत रहेका उनले २४ हजार ७ सय ७९ मत प्राप्त गर्दै ३ हजार बढी मतान्तरले एमाले उम्मेदवारलाई हराउँदै फेरि संघीय सांसद बनेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्माले २० हजार १ सय ८० प्राप्त गरिन् ।
गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये कांग्रेसले ८, एमाले ३, माओवादी २ र जनमोर्चाले १ सिट जितेका छन् । ४ क्षेत्रको नतिजा आउन बाँकी हुँदा गठबन्धनको दल जनमोर्चाले बागलुङबाट जीत जोगाउँदा समाजवादीले कास्की २ बाट पराजित भयो । १८ मध्ये पाँचदलीय गठबन्धनअन्तर्गत ठूलो दल कांग्रेसले १२, माओवादी केन्द्रले ४, जनमोर्चा र समाजवादीले १÷१ सिट बाँडेर चुनाव लडेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
hero news full width
मुख्य समाचार
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९