चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

रासस
मंसिर ८, २०७९
Rabi Lamichhane

चितवन । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राख्नुभएको हो । उहाँले २८ हजार ८३ मत प्राप्त गर्दा नेकपा ९एमाले०का सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको हो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । तीमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नम्बर २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले ४२ हजार दुई सय १४ मतका साथ अग्रस्थानमा रहनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको उमेश श्रेष्ठले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोख्रेलले १३ हजार तीन सय आठ मत प्राप्त गर्नुभएको हो ।

यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । पछिल्लो परिणामअनुसार चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार दुई सय ९५ प्राप्त गर्नुभएको छ ।

रास्वपाकी जीता बरालले नौ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले छ हजार एक सय १७ मत प्राप्त गर्नुभएको छ ।
सो क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

Related News

सम्बन्धित समाचार

  • निष्ठावान् भोजराज

    भवानी अधिकारी मंसिर १६, २०७९
    स्याङ्जा, १६ मंसिर । स्याङ्जा २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित कांग्रेसका भोजराज अर्याल निष्ठावान् राजनीतिकर्र्मी हुन् । २०४९…
  • स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

    रासस मंसिर १६, २०७९
    वालिङ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उहाँ…
  • कास्कीको चुनाव समग्रमा शान्तिपूर्ण रहेको निष्कर्ष

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । फ्रि मिडिया नेटवर्कमा आबद्ध संघसंस्थाले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कास्कीमा शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भएको…
  • स्याङ्जामा धनराजकाे अग्रता कायमै

    भवानी अधिकारी मंसिर १५, २०७९
    स्याङ्जा १५ मंसिर । स्याङ्जा संसदीय निर्वाचन क्षेत्र २ मा ढिलो गरी प्रारम्भ मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङ र भोजराज अर्यालको…
  • स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    काठमाडौं । स्याङ्जा २ र बाजुरामा  मतगणना सुरू गर्न निर्देशन निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगको सोमबार बसेको …

hero news full width