कास्कीमा मतपेटिका संकलन जारी

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७९
316089887_534787454824304_9157628343970698892_n

कास्की २ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय पोखरा सभागृहमा आइतबार राति मतपेटिका संकलन हुँदै । तस्बिर- विजय नेपाल

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कास्कीमा मतपेटिका ल्याउने क्रम जारी छ । आइतबार भएको मतदानमा कास्कीमा करिब ६० प्रतिशत मतदान भएको थियो ।

यतिखेर कास्कीका तिनैवटा निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइरहेको छ । क्षेत्र १ को पशु सेवा कार्यालय, क्षेत्र २ को पोखरा सभागृह र क्षेत्र ३ को जिल्ला समन्वय समितिमा मतपेटिका संकलन गर्ने क्रम जारी छ । मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन प्रायः स्कुल बस प्रयोग गरिएको छ । दलका प्रतिनिधि सहित सुरक्षाकर्मीको कडा निगरानीमा मतपेटिका संकलन भइरहेको हो ।

कास्कीमा १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।

कास्कीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य चुनावमा ४६ र प्रदेशतर्फ ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । कास्कीमा कुल मतदाता संख्या २ लाख ९१ हजार ५ सय ६८ थिए ।

गएको २०७४ सालको चुनावमा कास्कीमा करिब ६७ प्रतिशत मतदान भएको थियो । त्यसबेला प्रत्यक्षतर्फ १७ दल र स्वतन्त्र गरी ९५ उम्मेदवार चुनावी मैदानमा थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width