घार्मीमा बालाचतुर्दशी मनाइने

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७९
Gharmi

पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ । मंसिर ६ गते बालाचतुर्दशी अवसरमा घार्मीस्थित ओमकारेश्वर मन्दिर परिसरमा सद्विज छर्नुका साथै विविध कार्यक्रम गरी पर्व मनाउन लागिएको मन्दिर व्यवस्थापन समिति नन्दराज दाहालले बताए ।

सोको लागि मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै रंगरोगन गर्ने कार्य समेत गरिएको छ । मन्दिर रंगरोगनका लागि इन्द्रेणी हार्डवेयरका खगेन्द्र थापाले सहयोग गरेका छन् ।

पितृ उद्धारका लागि त्यस क्षेत्रमा सद्बिज छर्न कुरेचौर हरिपाउ, पुरून्चौर, हेमजा, लामाचौर, बाटुलेचौर लगायत आसपासका क्षेत्रबाट भक्तजन त्यहाँ पुग्ने गरेका छन् । स्थानीयवासीको घरबाट फूलको डोली निकाली बाजागाजासहित विधिपूर्वक सद्विज छर्ने चलन छ ।

गएको २ दशकदेखि सो मन्दिरमा विधिपूर्वक सदविज छर्ने र पर्वलाई मनाउँदै आइएको समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…

hero news full width

Recent Posts

भर्खरै