पोखरा । नेपालले युएईलाई शुक्रबार ६ विकेटले हराएर घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ ।
नेपालले घरेलु मैदानमा २ ओटा ओडीआई शृंखला खेल्दा यो पहिलो शृंखला जीत हो । गत चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको शृंखलाा भने नेपाल २–० ले पराजित भएको थियो ।
नेपालले ओडिआईको पहिलो शृंखला पनि युएईविरुद्ध नै जितेको थियो । सन् २०१९ मा युएईमा भएको शृंखला नेपालले २–१ ले जितेको थियो ।
गत वर्ष ओमानमा भएको पपुवा न्युगिनीविरुद्ध २ खेलको ओडीआई शृंखला नेपालले २–० ले जितेको थियो । नेपालले शृंखलामा पहिलो खेल गुमाए पनि त्यसपछि लगातार २ खेल जितेर पुनरागमन गर्दै सिरिज जितेको हो ।
पहिलो खेफमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो ।
तेस्रो खेलमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए । आसिफले अविजित रहँदै ८८ रन बनाए । ज्ञानेन्द्रले ६४ रन बनाए ।
रोहित पौडेले यसै सिरिजबाट नेपालको कप्तानी यात्रा सुरु गरेका छन् । उनको पहिलो कप्तानी सिरिज नै नेपालले जितेको छ ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा नेपाल विश्वकप छनोटमा
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
सन्दीप लामिछानेले पाएनन् युएई जाने अनुमति
आइसिसी विश्वकप लिग विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
क्यान विवादबीच पोखरा बोर्ड बैठकका यस्ता छन् निर्णय
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९