नेलम्बोको निशुल्क दन्त शिविर

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७९
nelambo

पोखरा । नेलम्बो नेपालले पोखरा–१४, मझेरीपाटनस्थित सहिद स्मृति आवासीय विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ ।

४ दिनसम्म चलेको शिविरमा ३ सय ९७ जनाको दन्त परीक्षण गरिएको थियो । तीमध्ये ८१ जनाको दाँत सफा गर्ने, १ सय २ जनाको दाँत भर्ने, ३२ जनाको दाँत निकाल्ने र ४ जनाको दाँतको जरैदेखि उपचार र ३५ जनाको दाँतको एक्सरे गरिएको हो ।

शिविरको समापनमा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले शिविर प्रभावकारी रहेको बताए । उनले कोभिड १९ को समयमा पनि स्वास्थ्य सामग्री तथा खाद्यान्न सामग्री सहयोग गरी नेलम्बो कस्केलीको मनमा बस्न सफल भएको स्मरण पनि गरे ।

प्रधानाध्यापक कल्पना चिलुवालले गरिब, दिनदुखी विद्यार्थीका लागि शिविर महत्वपूर्ण भएको उल्लेख गरिन् । उनले विद्यालयमा द्वन्द्वपीडित, सहित परिवार, १० वर्षे जनयुद्धमा बाबुआमा गुमाएका बालबच्चा, विभिन्न दैविक प्रकोपबाट अभिभावक गुमाएका विपन्न परिवारका बाल बच्चाहरु अध्ययन गर्ने गरेको जानकारी दिइन् ।

शिविरमा डेन्टल सर्जन डा. सिजन मर्सानी तथा नेलम्बो नेपालका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीको नेतृत्वमा ८ जना स्वास्थ्य कर्मीको टोली खटिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width