महिला उम्मेदवारमा गण्डकीमा एमाले बढी, चुनावी मुद्दा के छन् ?

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७९
from left dr chham maya pun, biddhya bhattarai and mina gurung

पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिला कम अवसर दिएका छन् । संसदमा एकतिहाइ महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गण्डकीमा अन्य दलको तुलनामा एमालेले महिलालाई प्राथमिकता दिएको छ ।
एमालेले गण्डकीमा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ ३ जना र प्रदेशसभातर्फ ३ जना महिला उठाएको छ । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट संघ र प्रदेश दुवैतिर महिला उम्मेदवार निल छन् । पाँचदलीय गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले प्रदेश सभामा १ जनालाई मात्र स्थान दिंदा संघमा भने ऊ शुन्य छ ।

गण्डकीमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ३ मध्ये कास्की २ बाट महिला प्रतिनिधित्व छ । स्व. रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराई अधिकारी पाँचदलीय गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बरालसँग चुनावी भिडन्तमा छन् । पतिको हेलिकोप्टर दुर्घटनामा निधनपछि उनी त्रिवि उपप्राध्यापकबाट राजीनामा दिएर संसदीय निर्वाचनमा होमिएकी थिइन्। त्यसबेलाको उपनिर्वाचनमा कास्की २ मा कांग्रेसका खेमराज पौडेललाई भारी मतका साथ पछि पार्दै उनी पतिको सपना साकार पार्न संघीय संसदको ढोका उघारेकी थिइन् । उनै बौद्धिक व्यक्तित्व विद्यालाई एमालेले २०७९ सालको प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । उपनिर्वाचनलगत्तै कोरोना भाइरका कारण विकास निर्माणका साथै जनतामाझ भौतिक रुपमा उपस्थित हुन नसकेको स्वीकार गर्ने उनले संसदीय अभ्यासमा भने राम्रो अनुभव लिएको बताउँछिन् । उनले जनताको आवश्यकतालाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने चुनावी एजेण्डा बोकेकी छन् ।

कास्कीमा एमालेले प्रत्यक्षतर्फ नै प्रदेशसभा २(२) मा महिलालाई टिकट दिएको छ । सफल उद्यमी एवम् व्यवसायी मीना गुरुङ यतिखेर गठबन्धनतर्पmबाट कांग्रेसका नेता बिन्दुकुमार थापासँग कडा प्रतिस्पर्धामा छिन् । बिन्दु थापा प्रदेशका सूचना तथा संचार मन्त्री समेत हुन् । अघिल्लो निर्वाचनमा मीना समानुपातिकबाट प्रदेशको ढोका उघारेकी थिइन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेकी गुरुङ कोरोना महामारीमा श्रमिक मजदुरको चुलो बाल्न र घरमा पठाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनले सांसद स्वरुप बुझ्ने तलबभत्ता समेत सामाजिक काममा खर्चिदै आएकी छन् ।

यसैगरी, एमालेले गण्डकी प्रदेश सभा समानुपातिकतर्पm स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनलाई अघि सारेको छ । यसरी कास्कीमा एमालेबाट प्रतिनिधित्व गर्ने दाउमा रहेका महिला उम्मेदवार पार्टीको घोषणापत्र, प्रदेश प्रतिवद्धतापत्र उम्मेदवार परिचयसहित मतदाताको घरदैलो बिट मार्ने तयारीमा छन् ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले दलले निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्पm ३३ प्रतिशत महिला उम्मेदवार बनाउनु पर्नेमा जोड दिंदै महिलाको मुद्दा महिलाले बढी बुझ्ने भएको आधा आकाशको प्रतिनिधित्व सुनिश्चितको माग गर्छिन् ।

‘सुशासनयुक्त समाज निर्माणमा पुरुषको तुलनामा महिला बढी जिम्मेवार बन्ने अवसर प्राप्त गरेका महिलाको कार्य दक्षताले पुष्टी गरेको छ ।’ उनले भनिन्, ‘प्रचारप्रसारको क्रममा घरदैलो कार्यक्रममा महिला उम्मेदवार पाउँदा मतदातामा समेत उत्साह बढ्ने देखियो । अवसर पाए महिला पुरुष भन्दा कुनै क्षेत्रमा पनि कमि हुँदैनन् ।’

चुनावमा देशभर दल तथा स्वतन्त्र गरी २ हजार १२ जना उम्मेदवारमध्ये करिब ९ प्रतिशत अर्थात् २ सय २५ जना महिला उम्मेदवार छन् । कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फ आवश्यक ९ मध्ये महिला पुरुष गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width