पिस पोस्टर प्रतियोगिता

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७९
himalayan 1

पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयनले माउन्ट अन्नपूर्ण मावि नदीपुरमा पिस पोस्टर प्रतियोगिता गरेको छ । विभिन्न विद्यालयका वर्ष ११ देखि १३ उमेर समूहका २० जना विद्यार्थीले सो प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा बालमन्दिर माविकी प्रीया दास प्रथम, प्रतिभा मावि नदीपुरकी ग्रीस्मा कोइराला द्वितीय र एकता आवासीय मावि पस्र्याडकी सलिना थापा मगर तृतीय भइन् ।

निर्णायक वरिष्ठ चित्रकार कृष्णप्रसाद मर्सानी चित्रकारितामाथि प्रकाश पारेका थिए । माउन्ट अन्नपूर्ण माविका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन देवीप्रसाद गुरुङले गरेका थिए । क्लब अध्यक्ष अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विनोद द्वाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width