पोखरा वृद्धाश्रम ब्लाङ्केट सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७९
blanket

पोखरा । पोखरा बृद्धाश्रममा आश्रितहरुको लागि समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका छन् ।

लौहपुरुष गणेशमान सिंहको १०८ औं जन्मजयन्ती अवसरमा बिहीबार उनीहरुले वृद्धवृद्धाका लागि ६१ थान ब्लाङ्केट वितरण गरेका हुन् ।

पोखरामा जाडो बढ्न थालेको र आश्रमका वृद्धवृद्धालाई ब्लाङ्केट आवश्यक रहेको सूचना पाएपछि उक्त सहयोग गरिएको देवराज गुरुङले बताए । वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ । भविष्यमा पनि आश्रममा आवश्यक अन्य सामग्री सहयोगको कार्य जारी राख्ने गुरुङले जनाए । ब्लाङ्केट प्राप्त गरेपछि वृद्धवृद्धाले कृतज्ञता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width