बगर भाइखलकलाई हिमालयन ब्रुअरीको साथ

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७९
bagar bhai

पोखरा । पोखरामा आगामी माघ ३ देखि ८ सम्म हुने बगर भाइखलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा हिमालयन बु्रअरीले मुख्य प्रायोजन गर्ने भएको छ । हिमालयन ब्रुअरी चौधरी ग्रुपको मुख्य उत्पादनमध्येको एक हो ।

संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ र हिमालयन बु्रअरी तथा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरीले हस्ताक्षर गरेका छन् । सो सम्झौता आगामी ५ वर्षसम्म कायम रहनेछ । सम्झौताको लागि सर्पोट नेपाल युकेका संस्थापक सदस्य तथा सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले भूमिका खेलेका थिए । सम्झौताअनुसार हिमालयन ब्रुअरीले हरेक वर्ष ५ लाख प्रायोजन गर्ने छ ।

कार्यक्रममा अरुण चौधरी फाउन्डेसन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले खेलकुदमार्फत समाज अभियानका लागि अघि बढेको संस्थासँग मुख्य प्रायोजन गर्न पाउनु खुसीको विषय भएको बताए ।

हिमालयन बु्रअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले प्रायोजन गर्न पाउनु आफ्नो उद्योगका लागि महत्वपूर्ण रहेको बताए ।

सहारा युकेका संस्थापक अध्यक्ष तथा सर्पोट नेपाल युकेका संस्थापक सदस्य नवीन गुरुङले सो सम्बन्ध लामो समयसम्म रहनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रदेश खेलकुद परिषदका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङले सम्झौताले आगामी दिनमा खेलकुद विकासका लागि कोशेढुंगा सावित हुने बताए । समाज बदल्न खेलकुदको भूमिका महत्वपूर्ण हुने भएको बताउँदै उनले गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्रदेशस्तरमा ३२ स्वर्ण पदक सहित पहिलो हुनु गौरवको विषय रहेको बताए ।
बगर भाइखलकले पोखराको पुरानो टुँडिखेलमा भेट्रान्स एट ए साइड फुटबलसहित ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गर्दै आइरहेको छ । संस्थामा हाल १ सय ५० जना आजीवन सदस्य रहेको र युके, जापान लगायतका मुलुकमा शाखाहरु समेत रहेको सचिव मानकाजी गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै