सन्दिप लामिछानेलाई अदालतमा हाजिर गराइयो, ७ दिन म्याद थप

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७९
sandip

पोखरा । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौेंले ७ दिनको म्याद थपेको छ ।

बालिका बलात्कारको आरोप लागेका उनलाई सोमबार बिहान अदालतमा हाजिर गराइएकोमा २० गतेको मितिबाट लागु हुने गरी ७ दिनको म्याद थप गरिएको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेरले बताए ।

क्रिकेट खेलका लागि मुलुकबाहिर जानुअघि सन्दिपले आफूमाथि बलात्कार गरेको भन्दै एक बालिकाले उजुरी दिएकी थिइन् । उजुरी परेको करिब १ महिनामा सन्दिप नेपाल फर्के लगत्तै असोज २० गते पक्राउ परेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जाहेरी परेपछि क्रिकेटको कप्तानबाट उनलाई निलम्बन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width