निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या   

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७९
WEATHER_TITLE

काठमाडौं ।  नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन् । दुई दशकको दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको कागेश्वरी मनोहरा नगरपालिका–६ की कविता सापकोटा बताउनुहुन्छ । वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान नपाइएको उहाँको गुनासो छ ।

राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरु बताउँछन् । देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ । कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ ।

वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन । काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…
  • समानुपातिकमा ठूला दलको मत घट्यो

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । स्याङ्जा २ को गणना बाँकी हुँदा प्रदेश सभा निर्वाचन अन्तर्गत गण्डकीबाट प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रको नतिजा आएको छ…
  • कारागार अनुगमन प्रतिवेदन : सिधा अपुग भएको कैदीबन्दीको गुनासो

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन् । प्रदेशभित्र रहेका…
  • गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

    धनबहादुर गुरुङ मंसिर १२, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६,…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…

hero news full width