यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार : हेर्नुहाेस संशोधित नामावली

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७९
election comission

पोखरा ।  नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा समावेश नाम सार्वजनिक भएको छ । जसअनुसार  पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्दप्रसाद ढुंगाना छन् ।

महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा छ । गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ ।

असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width