सन्तुलित भोजनबारे ताओ एसोसिएसनको सचेतना

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
tao health

पोखरा । ताओ एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशले सोमबार पोखरामा मानव स्वास्थ्य र सन्तुलित खानपानसम्बन्धी सचेतनामूलक अन्तक्र्रिया गरेको छ ।

दसैं, तिहार र छठजस्ता ठूला चाड सम्मुखमा स्वास्थ्य र खानपानसम्बन्धी चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ताओ गुरु आनन्द दाहालले जानकारी दिए । कार्यक्रममा भेजिटेरियन सोसाइटी अफ नेपाल, विभिन्न धार्मिक संघसंस्था, सामाजिक व्यक्तित्व र स्थानीयको उपस्थिति थियो ।

सो अवसरमा सात्विक न्यूट्रिफुड पुुरानोधारा पोखराका पोषणविद् डा. सुधाश्री अधिकारी र डा. केशवप्रसाद भट्टराईले पोशषकतत्वयुक्त स्वस्थ्य खाना र मानव स्वास्थ्यबारे सचेतना प्रदान गरेका थिए । मधुमेह र उच्च तथा न्युन रक्तचापजस्ता समस्या खानपानका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । पछिल्लो समयमा असन्तुलित आहार र त्यस्तै खालको दिनचर्याका कारण मानिसहरुमा मधुमेह, उच्च तथा न्युन रक्तचाप र मस्तिष्कघात जस्ता समस्या समेत देखिन थालेको भन्दै डा द्वयले खानपान र जीवनयापनमा सुधार ल्याई स्वस्थ बनेर दीर्घायु बाँच्न सकिने बताए ।

ताओमार्गी मनु गुरुङले ४ वटा सेतो चिज : सेतो चिनी, सेतो नुन, सेतो चामल र सेतो मैदा शरीरका लागि लाभदायक नहुने बताए

डा. अधिकारीले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न पौष्टिकतत्व भएको खानालाई सन्तुलित भोजन भनिने गरेको स्मरण गराइन् । कार्वोहाइड्रेट, पोटिन, फ्याट, पानी, भिटामिन र खनिज पदार्थ मिसिएको एक पूर्ण खाद्य पदार्थलाई नै पोषक तत्वको रुपमा बुझ्ने उनले प्रष्ट्याइन् । सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमता बढाई विभिन्न रोगहरुविरुद्ध लड्ने शक्तिको विकास शरीरमा हुने उनले सुनाइन् ।

त्यसकारण खानामा रैथानेखालका खासगरि खैरो चामल, मकै, उवा, कोदो, फापर, दाल, गेडागुडी, माछा, मासु, अण्डा, तरकारी, सलाद, फलपूmल प्रयोग गर्न उनले सुझाव दिइन् । साकाहारीहरुले तोफु र च्याउ जस्ता खानेकुरा प्रयोग गर्न सक्ने उनले बताइन् । यसैगरी घ्यू, आलस, तिल, एभोकाडो जस्ता अन्न र फलफूल प्रयोग गर्नसमेत उनले सल्लाह दिइन् । खासगरी सन्तुलित भोजनमा तरकारी र फलफूलको मात्रा ४० प्रतिशत, रेशायुक्त कार्वोहाइड्रेड र पोटिन क्रमशः २५÷२५ प्रतिशत र बोसोको मात्रा १० प्रतिशत हुनुपर्ने हिसाब उनले सुनाइन् । प्रशोधित गरिएको पोषणविहिन सरल कार्बोहाइड्रेटयुक्त खानाभन्दा प्रशोधन नगरिएको पोषणले भरिपूर्ण जटिल र सम्पूर्ण खाना नै शरीरको लागि उपयुक्त हुने कार्यक्रममा चर्चा गरिएको थियो ।

यसअघि, ताओमार्गी मनु गुरुङले ४ वटा सेतो चिज ः सेतो चिनी, सेतो नुन, सेतो चामल र सेतो मैदा शरीरका लागि लाभदायक नहुने बताए । यसको सट्टा मिठो तुलसीबाट बनेको स्टेभिया, सिदे नुन (पिंक सल्ट), खैरो चामल र आँटा वा ओट्स खान उनले सुझाए । मानव शरीर पंचतत्वबाट बनेका कारण प्रकृतिसँग मानिस नजिक रहन सके स्वस्थता बढ्ने र दीर्घजीवन बाँच्न सकिने उनले बताए । घाममा निस्कने, सूर्य, चन्द्रमाको दर्शन गर्ने, खोलाको सुसावटमा रमाउने, जमिनमा खाली गोडाले केही समय हिंड्ने र आकाश हेर्नेजस्ता कार्यले मानिस प्रकृतिको नजिक रहने उनले सुनाए । मानिस सकारात्मक हुन सके, शरीरले सोही भावअनुसारको इन्जाइम निकाल्ने र स्वस्थ भइने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width