पोखरा । कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दीपावली तथा छठलगायत अवसरमा शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा मिर्गौला तथा मुटुरोगसम्बन्धी सचेतना कार्यक्रम समेत भयो ।
शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए ।
सो अवसरमा वरिष्ठ युरोलोजिष्ट डा. प्रकाश क्षत्रीले प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्यप्रति बेलैमा सचेत बनेमा मिर्गौला रोगबाट बच्न सकिने बताए । पिसाब कम हुने तथा रगत देखा पर्ने, बान्ता हुने, हातखुट्टा तथा अनुहार सुनिने, शरीर चिलाउने, निन्द्रा नलाग्ने, उच्च रक्तचाप बढ्ने, खाना नरुच्नेजस्ता समस्या भए मृगौलामा समस्या हुन सक्ने बताउँदै उनले त्यस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिए ।
सामान्यतः नुन कम खाने, दुखाइ औषधी जे पायो त्यही नखाने, नियमित स्वास्थ्य परीक्षण गराउने गरेमा यसबाट जोगिन सकिने उनले बताए । मिर्गौलाको पोखरामा सफल प्रत्यारोपण हुने गरेको जानकारी दिंदै उनले यसको सबै किसिमको रोगको उपचार पोखरामा नै सम्भव रहेको बताए ।
वरिष्ठ फिजिसियन डा. विश्वराज बरालले पछिल्ला समयमा फैलिदै गएको डेंगु संक्रमणबाट सचेत रहन आग्रह गरे । डेंगुबाट जोगिनका लागि लामखुट्टे बस्न सक्ने पानी जमेका स्थानको सरसफाइमा ध्यान दिन उनले आग्रह गरे । धेरै लामो समयसम्म ज्वरो आउने, बान्ता हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्नेमा उनले बताए ।
कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा), भगवान् पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, समाजका उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल लगायतले बोलेका थिए । उक्त अवसरमा सहभागीको रक्तचाप परीक्षण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१