मूलथोलको कौसीखेती तथा करेसाबारी व्यवस्थापन तालिम

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
karasa

पोखरा । मुलथोक टोल विकास संस्था, बैदामको आयोजनामा शनिबार कौसीखेती तथा करेसाबारी व्यवस्थापन अभिमुखीकरण तालिम भएको छ ।

प्रमुख अतिथि पोखरा ६ वडाध्यक्ष विष्णुबहादुर भट्टराईले कौसीखेती तथा करेसाबारी व्यवस्थापनबाट फोहोर व्यवस्थापनका साथै अर्गानिक फलफूल तथा तरकारी उत्पादन गर्न सकिने बताए ।

सो अवसरमा निवर्तमान अध्यक्ष हिरु पुनले शुभकामना मन्तव्य व्यक्त गरिन् । संस्थाका अध्यक्ष ओमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरोज अधिकारी र संचालन सचिव कविता अधिकारीले गरेकी थिइन् ।

कार्यक्रममा सहभागीलाई कृषि मल बिउ र कम्पोस्ट बिन सहित प्रमाणपत्र वितरण गरिएको संस्थाका अध्यक्ष ओमनाथ अधिकारीले जानकारी दिए । तालिममा ५० जना टोलवासी सदस्यको उपस्थिति थियो ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास उपशाखाका नायव प्राविधिक सहायक पूनम कुँवर र उमा पुनले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width