बौद्ध अर्घौ सदनको सभा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
baudha

पोखरा । पोखरा–१०, रामघाटस्थित बौद्ध अर्घौं सदनको ४५ औं वार्षिक साधारणभा भएको छ ।

पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले सभाको उद्घाटन गर्दैै धर्मनिरपेक्ष मुलुकमा अझै पनि हिन्दुत्वको व्यवहार रहेकाले बुद्धिष्ट संस्था र समुदायगत समाजले सहयोग नपाएको बताए । आफूले बौद्ध धर्मको मूल्यमान्यतालाई आत्मसाथ गर्दै आएकाले बौद्ध अर्घौ सदनलाई साथ सहयोग गर्नुपर्ने अवस्थामा सधैं सहयोग गर्न तयार रहेको वडाध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष एवं बौद्ध अर्घौ सदनका सल्लाहकार हुमबहादुर गुरुङ, सदनका सल्लाहकार अध्यक्ष क्या.मनबहादुर गुरुङ, सदनस्थित बौद्ध शिक्षा अध्ययन केन्द्रका प्रमुख खेन्पो सन्तोष गुरुङ, ९१ वर्षीय लामा दानप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । सभामा बौद्ध अर्घौ सदनका सचिव मोतिप्रसाद गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिलबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। कार्यक्रममा बौद्ध अर्घौ सदनलाई आर्थिक सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो।

बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले स्वागत, लामा गुरुहरुले अष्टमंगल पाठ र सचिव मोतिप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width