छन्त्याल युवा संघ कास्कीमा मोहन

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
Chantyal

पोखरा । नेपाल छन्त्याल युवा संघ कास्की अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थाको १२ औं साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनबाट छन्त्यालको नेतृत्वमा तीनवर्षे कार्यकालका लागि नयाँ समिति चयन गरेको हो । समिति उपाध्यक्षमा सुजन छन्त्याल र सचिव नवीन छन्त्याल निर्वाचित भए । कोषाध्यक्षमा मविना छन्त्याल छन् । सदस्यमा राम, ठमबहादुर, चन्द्रबहादुर, श्रीप्रसाद, नीतु र रञ्जिता छन्त्याल चुनिए ।

सु. धनबहादुर भलञ्जा छन्त्यालको नेतृत्वको नेपाल छन्त्याल संघ कास्की र माया तथप्जा छन्त्यालको नेतृत्वमा रहेको महिला समिति भने सर्वसम्मत यथावत राखिएको युवा समिति सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार छन्त्याल समाजले हरेक वर्ष माघेसंक्रान्ति अवसरमा पोखरा ३ नदीपुरको आफ्नै खेलमैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यसपालि पनि सो कार्यक्रम गरिने बताइएको छ ।

देउसी भैलोको संरक्षण गर्ने उद्देश्यले नवनिर्वाचित समितिले पोखरामै देउसी भैलो खेल्ने निर्णय गरेको सचिव छन्त्यालले बताए । पछिल्लो समय कला संस्कृति संरक्षण नाममा विकृति बढेको बताउँदै उनले मौलिकता झल्कने गरी देउसी भैलो कार्यक्रम आयोजना गरिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width