संवैधानिक व्यवस्थामाथि राष्ट्रपतिबाटै प्रहार भयो :सत्ता गठबन्धन

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७९
4 party

पोखरा ।  सत्ताधारी चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको ठहर गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले राष्ट्रपतिले संसदको अपमान गरेकोसमेत बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ,’ प्रधानमन्त्री एवम् कांग्रेस सभापतिसहित माओवादी केन्द्र, नेकपा एस र जसपा अध्यक्षको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।

मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। संविधानको संरक्षण गर्नुपर्ने भूमिकामा रहेकै संस्थाबाट असंवैधानिक काम भएको भन्दै भण्डारीले राष्ट्रपतिको पदबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width