बयानमा हस्ताक्षर गर्न मानेनन् निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रले 

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
cholendra-samser-jabara

पोखरा । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिमा उपस्थित भएर आफैंले दिएको बयानमा सीधै हस्ताक्षर गर्न इन्कार गरेका छन्। लिखित रूपमा उतारिएको बयान हस्ताक्षरका लागि दिइए पनि राणाले अस्वीकारेका हुन्।

राणासँग पटक–पटक लिएको बयानलाई टिपोट गरेर अध्ययनका लागि केही दिनअघि नै समितिले उपलब्ध गराएको थियो। तर शुक्रबारको बैठकमा राणाले आफूले बयान अध्ययन गर्न नपाएकाले यत्तिकै हस्ताक्षर नगर्ने अडान लिए। त्यसपछि समितिका सदस्यहरूले आफैं लिखित बयान पढेर सुनाइरहेका छन्।

समितिले शुक्रबार राणासँग पूरक प्रश्न सोध्ने उनलाई बोलाइएको थियो। तर पूरक प्रश्न नसोधी विगतमा दिएकै बयानमा हस्ताक्षर गराउने निर्णय भएपछि राणाले त्यसमा तत्काल सही नगर्ने अडान लिएसँगै बैठक लम्बिएको छ।

Related News

सम्बन्धित समाचार

  • प्रमुखज्यूसँग भेटघाट : समस्या सुनाउँदै, आशावादी बन्दै

    धनबहादुर गुरुङ असाेज १०, २०७९
    पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् । मेयर धनराज आचार्यलाई आफ्नो…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • गण्डकी सरकारले घटायो करका दर, २ अध्यादेश पारित

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पाेखरा । गण्डकी प्रदेश सरकारले नागरिकको आवाज सम्बोधन गर्दै करका दरमा पुनावलोकन गर्ने लगायत ३ महत्वपूर्ण निर्णय गरेको छ । असोज…
  • नागरिकताका लागि संघर्ष

    धनबहादुर गुरुङ असाेज ८, २०७९
    पोखरा । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (पारलैंगिक) मध्ये ‘अन्य’ लैंगिक पहिचानबाट १ सय ८३ जनाले नागरिकता लिइसकेका छन्…
  • पहिलोपल्ट पम्प सिस्टममा बिजुली

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । नेपालमै पहिलो पटक पम्पिङ प्रणालीबाट विद्युत उत्पादन पोखरामा गरिने भएको छ । पम्पबाट पानी तानेर इन्टेकमा स्टोर गर्ने…

hero news full width