पोखरा नर्सिङ क्याम्पसलाई क्युएए

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
QAA News~main news

पोखरा । पोखरा नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

आइतबार विश्वविद्यालय अनुदान आयोग भक्तपुरमा आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले क्याम्पस प्रमुख प्रा. नीता ताम्राकारलाई एक समारोहबीच क्युएए प्रमाणपत्र प्रदान गरेका हुन् । यो गुणस्तरको प्रमाणपत्र आयोगको निश्चित मापदण्ड पूरा गरेपछि मात्र प्रदान गरिन्छ ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार यो प्रमाणपत्र यसअघि विराटनगर नर्सिङ क्याम्पस, पोखराको वन विज्ञान क्याम्पस र झापाको कनकाई बहुमुखी क्याम्पसले समेत प्रमाणपत्र प्राप्त गरेका छन् ।

पोखरा नसिङले सो प्रमाणपत्रका लागि २०७६ माघमा आयोगबाट आशयपत्र प्राप्त गरी क्याम्पस प्रमुखको संयोजकत्वमा आइक्युएसी र सहप्रा. शारदा शर्माको संयोजकत्वमा स्वमूल्यांकन (स्याट) टोली गठन गरी प्रक्रियाको थालनी गरेको थियो । सो प्रक्रिया पूरा गर्न गठित समितिअन्तर्गत विभिन्न समिति र उपसमिति गठन गरी कार्य सम्पन्न गरिएको थियो ।

क्युएए प्रमाणपत्र ग्रहण समारोहमा क्याम्पस प्रमुख प्रा. ताम्राकार, स्याट कमिटी संयोजक शारदा शर्मा तथा सदस्य सिर्जना पौडेल र अन्जु पौडेलको सहभागिताा थियो ।

क्याम्पस प्रमुख प्रा.ताम्राकारले क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजान सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीको अथक मेहनत र परिश्रमबाट मात्र सम्भव भएको बताउँदै शिक्षामा गुणस्तरियता कायम राख्ने विषयमा प्रतिबद्धता व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width