लक्ष्मी माविमा अभिभावक भेला

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७९
Laxmi Ma Bi pic

लेखनाथ । पोखरा २६ स्थित लक्ष्मी माविको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि हरिप्रिया पौडेल, रामकृष्ण जिसी र सुस्मिता खड्का रसाईली गरी ३ अभिभावक छनौट गरेको छ ।
अभिभावकको भेलाबाट छनौट भएका सदस्य, वडाको शिक्षा समितिले मनोनीत २ जना, वडाका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि, विद्यालयको शिक्षक अभिभावक संघको प्रतिनिधि, उत्कृष्ट चन्दादातामध्येबाट १ प्रतिनिधिसहितको व्यवस्थापन समिति गठन हुने व्यवस्था शिक्षा नियमावलीमा रहेको छ ।
पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले उत्कृष्ट विद्यालय बनाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने बताए । अध्यक्ष थापाले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्किदा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
पोखरा महानगरपालिका शिक्षा शाखाका विद्यालय निरिक्षक विश्वराज आचार्यको संयोजकत्वमा भएको अभिभावक भेलामा वडा सदस्य तीर्थबहादुर राजभाट, सुदीपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष रामकृष्ण जिसी, विद्यालयका प्रअ जगन्नाथ अधिकारी र सहायक प्रअ विष्णुप्रसाद तिवारी लगायतले शैक्षिक गुणस्तरका विषयमा बोलेका थिए । प्लस टुसम्म अध्यापन हुने उक्त विद्यालयमा ८ सय ३४ जना विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width