लेखनाथ सामुदायिक सेवा केन्द्रमा कृष्ण

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
lekhnath community

लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको अध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन् ।

संस्थाको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो । अन्य पदमा सर्वसम्मत् भए पनि अध्यक्ष, कोषाध्यक्ष र सदस्यमा बढी उम्मेदवारी परेपछि सर्वसम्मत पहलबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति उपाध्यक्षमा गंगाकुमारी खनाल, सचिव केशवराज तिवारी कोषाध्यक्ष बुद्धिसागर पौडेल, सहसचिवमा दीपकनाथ भण्डारी चयन भए । सदस्य मायादेवी सापकोटा, कृष्णप्रसाद तिमिल्सिना, मीनामाया श्रेष्ठ, कृष्णप्रसाद ओझा, कुशराज तिमिल्सिना, गौरीदेवी सापकोटा, गणेशप्रसाद ढकाल, घनश्याम ढुंगाना, कृष्णप्रसाद सुवेदी, कृष्ण रिजाल र चन्द्रप्रकाश ढुुगाना छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीले सामुदायिक सेवा केन्द्रमा बसेर काम गर्न राजनीतिक रुपमा पक्षविपक्ष, धर्म, सम्प्रदाय, जातजाति नभन्ने भएकाले स्वतन्त्रपूर्वक गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सेवा केन्द्रको भवन निर्माणमा सहयोग गरेका समाजसेवी गमबहादुर गुरुङ, सेवा केन्द्रका सस्थापक अध्यक्ष मोती गिरी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुली, पोखरा २६ का वडा सदस्य सुदीपराज ढुंगाना, सेवा केन्द्रका निवर्तमान अध्यक्ष रमेश ओझा, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, निर्वाचन संयोजक राममणि अधिकारी, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width