सिड फाउण्डेसनमा चन्द्र

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
Seed

पोखरा । संस्था सिड फाउन्डेसन, कास्कीको १९ औं साधारण सभा तथा सातांै अधिवेशनले चन्द्रबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चन्द्रबहादुर यसअघि पनि अध्यक्ष थिए ।

समिति उपाध्यक्षमा सुशीला गुरुङ, सचिव मदन थापा, कोषाध्यक्ष विष्णु गुरुङ, सहसचिव शिव घिमिरे तथा सदस्यमा प्रेमकुमारी न्यौपाने र पन्चकुमारी गुरुङ छन् । यसैगरी, आमन्त्रित सदस्यमा नीलकुमारी थापामगर, अर्जुन लम्साल, मोहन न्यौपाने र सानु विक छन् ।

यसअघि सभा उद्घाटन गर्दै पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले संस्थाका कार्यको सराहना गर्दै सिड फाउन्डेसनसँग सहकार्य गरी विभिन्न कार्य प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विनोदमणि लामिछाने, निवर्तमान अध्यक्ष ध्रुवनाथ अधिकारी, मौरी मेसन, कुर्लुङ खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष नरनारायण थापा, पचभैया तमु समाजका अध्यक्ष सन्तोष गुरुङ, प्रशिक्षक स्मीता अधिकारी, पचभैया आमा समूह अध्यक्ष विष्णु गुरुङ, देउराली नमुना आमा समुहका सचिव विपना थापा, पचभैया होम स्टे अध्यक्ष नीमा थापामगर, गोरखनाथ आमा समूह कोषाध्यक्ष शर्मिला पौडेल, कँडेलश्वारा आमा समूहका सुस्मिता सुनार, अमरसिद्ध दिदीबहिनी समूहका यमुना पौडेल माकिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका कोषाध्यक्ष इन्द्रबहादुर थापाले आर्थिक प्रतिवेदन र सचिव मदन थापाले प्रगति प्रतिवेदन पेस गरेका थिए । यसैबीच, संस्थाले संचालन गरेको पाँचदिने नेतृत्व विकास तथा सशक्तीकरण तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा सहभागीतर्फबाट सरस्वती खत्रीले कविता वाचन र सुशीला तिवारीले शुभकामना मन्तव्य राखेका थिए । संस्था उपाध्यक्ष सुशीला गुरुङले धन्यवाद मन्तव्य र सचिव मदन थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width