माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

रासस
भाद्र १, २०७९
Madhav Prachanda

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।

सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।

एकताका लागि (माओवादी केन्द्र) ले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रमुखज्यूसँग भेटघाट : समस्या सुनाउँदै, आशावादी बन्दै

    धनबहादुर गुरुङ असाेज १०, २०७९
    पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् । मेयर धनराज आचार्यलाई आफ्नो…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • गण्डकी सरकारले घटायो करका दर, २ अध्यादेश पारित

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पाेखरा । गण्डकी प्रदेश सरकारले नागरिकको आवाज सम्बोधन गर्दै करका दरमा पुनावलोकन गर्ने लगायत ३ महत्वपूर्ण निर्णय गरेको छ । असोज…
  • नागरिकताका लागि संघर्ष

    धनबहादुर गुरुङ असाेज ८, २०७९
    पोखरा । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (पारलैंगिक) मध्ये ‘अन्य’ लैंगिक पहिचानबाट १ सय ८३ जनाले नागरिकता लिइसकेका छन्…
  • पहिलोपल्ट पम्प सिस्टममा बिजुली

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । नेपालमै पहिलो पटक पम्पिङ प्रणालीबाट विद्युत उत्पादन पोखरामा गरिने भएको छ । पम्पबाट पानी तानेर इन्टेकमा स्टोर गर्ने…

hero news full width