राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
299876634_371274185196015_8455222316258885019_n

पोखरा । पोखराको दुई दिने भ्रमणमा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो दिन सोमबार साँझपख अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजनमा उनी केबलकारमा पुगेकी हुन् ।

नियमित सेडुअलमा नरहे पनि मेयर आचार्यले आग्रह गरेपछि राष्ट्रपति भण्डारी केबलकारमा जान राजी भएकी हुन् । उक्त अवसरमा मेयर राष्ट्रपति भण्डारी र मेयर आचार्यबीच भेटवार्ता समेत भएको छ । स्थानीय चुनावमा पोखरा महानगरको परिणामलाई लिएर राष्ट्रपछि भण्डारीले विशेष चासो लिएकी थिइन् । त्यसबारेमा मेयर आचार्यले प्रस्ट पारिदिएको आचार्य निकट स्रोतले बताएको छ ।

चुनावको रौनक सुरु भएको बेला राष्ट्रपतिको पोखरा भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । उनले आफू बसेको होटल पोखरा ग्रान्डमा राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।


केबलकार अवलोकनका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र केबलकारका कर्मचारीहरुको सहभागिता थियो ।
आज पोखरामा हुने २ कार्यक्रममा सहभागी हुन उनी पोखरा आएकी हुन् । बिहान साढे ८ मा विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम तय भएको छ । आज दिउँसो १ बजे बजे तमुधि नेपालले आयोजना गर्ने ट्वहाेंटे पर्वमा समेत उनी सहभागी हुने कास्कीका प्रजिअ आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width