राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
President-Bidhya-Devi-Bhandari

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी मंगलबार हुने दुई कार्यक्रममा भाग लिन उनी आजै पोखरा आएकी हुन् ।
राष्ट्रपति भण्डारी पोखराको विन्ध्यवासिनी माविको हिरक जयन्ती समारोह र गुरुङहरुको पर्व ट्होंटेमा सहभागी हुने कार्यक्रम तय भएको सुरक्षा निकायले जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई विमानस्थलमा स्वागत गरे ।

सुरक्षास्रोतका अनुसार बिहान ११ आउने भनिए पनि बजे बुद्ध एअरको जहाजबाट उनी करिब १ बजे पोखरा आएकी हुन् । उनी पोखराको ५ तारे होटल पोखरा ग्रान्डमा बसेकी छन् । आजको उनको दिन राजनीतिक भेटघाटमै बितेको छ । खासगरी एमाले नेताहरु उनलाई भेट्न होटेल पुगेका थिए ।

भोलि मंगलबार बिहान विन्ध्यवासिनी मन्दिर दर्शन गर्ने कार्यक्रम भए पनि निधो भने भइसकेको छैन । उनी मंगलबार दिउँसो ४ बजे बुद्ध एअरको जहाजबाटै काठमाडौं फर्कनेछन् ।

राष्ट्रपति आउने भएपछि पोखराको सुरक्षा निकै कडा गरिएको छ । प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक फिर्ता गरेका कारण उनीविरुद्ध प्रदर्शन हुन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था थप मजबुत पारिएको सुरक्षास्रोतले बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width