दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
deepshika

पोखरा । दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा २९ मा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुडले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी दीपशिखा पुस्तकालयले रिड नेपाल र दियो परियोजनाको सम्वन्यमा गरेका कार्यको प्रसंशा गर्दै महानगरले यस किसिमका कार्यलाई सधंै प्रोत्साहन गर्ने बताइन् । वैदेशिक रोजगारीमा जानेहरु रहर, बाध्यता, लहैलहै जसरी विदेश गए पनि उनीहरुलाई परेका समस्यामा सहयोग गर्नुपर्ने उनले भनाइ थियो ।

संस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा २,३,४,२६,२७,२८,२९,३०,३१,३२ का वडाध्यक्षले आ–आफ्ना वडामा भए गरेका कामको जानकारी गराउँदै वैदेशिक रोजगारसम्बन्धी समस्यामा वडाले सहयोग गर्ने बताए ।

इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाक प्रहरी चौकीका इन्चार्ज डिएसपी प्रकाश दहालले वैदेशिक रोजगारीमा सचेतना आवश्यक रहेकामा जोड दिंदै मानव तस्करी, ठगी जस्ता कार्यलाई नियन्त्रण गर्न सहकार्यका लागि आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले अध्ययन केन्द्रको अलावा लाइब्रेरीले सिकाइका विविध पाटोलाई समेटेकोमा खुसी व्यक्त गरेका थिए ।

लाइब्रेरीका सदस्य एवं महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम संयोजक माधव भण्डारीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पारेका थिए ।

रिड नेपालका साजन थापाले पुस्तकालयसँगै रिड नेपालले सम्झौता गरेका कार्यक्रम स्थानीय तहले गर्नुपर्ने काम भएकाले यस कार्यक्रममा स्थानीय तहसग समन्वय गर्नुपर्ने बताए ।

कार्यक्रममा दीपशिखा पुस्तकालयका सचिव पदमप्रसाद अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्र सुवेदी, कार्यपालिका सदस्य निर्मल दियाली, पूर्व वडाध्यक्ष चेतबहादुर गुरुङ, पुस्तकालयकी धनु पहारी, दीपशिखा महिला सहकारीकी अध्यक्ष गोमा आचार्य, पत्रकार परशुराम शर्मालगायतले बोलेका थिए । दीपशिखा पुस्तकालयले त्रिवि केन्द्रीय लाइब्रेरी तथा भारतको नेशनल लाइब्रेरी अफ इण्डियाको समन्वयमा इ–लाइब्रेरी माध्यमबाट त्यहाँ उपलब्ध पुस्तक पढ्न सकिने व्यवस्था मिलाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width