अन्नपूर्णमा एमाले प्रशिक्षण

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
cpn uml

हेमजा । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटी आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भएको छ ।

प्रशिक्षण दिर्दै एमाले पोलिट्व्युरो सदस्य तथा पूर्व मन्त्री जगत्बहादुर विश्वकर्माले एमाले जनाधारसहितको पार्टी रहेको बताए । उनले पार्टीको आन्तरिक जीवनलाई भने अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिंदै कास्कीमा एमालेलाई हार्ने छुट नभएको औंल्याए ।

पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजीव पहारीले सत्ता गठबन्धन देश विकासको बाधक भएको र यसका कारण देश अन्धकारतर्फ धकेलिएको जनाए ।

त्यस अवसरमा एमाले नेता दामोदर बैरागी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल लगायतले पनि भनाइ राखे । भेलाले समय मिलाएर चाँडै नै वडास्तरीय प्रशिक्षण दिने निर्णय पनि गरेको छ ।

गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीना गुरुङले स्वागत र उपसचिव विराज सुवेदीले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width