निस्सा वितरण

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
annapurna 11 ma nissa gaupalika progrem photo

हेमजा । अन्नपूर्ण गाउँपालिका वडा ११ मा बिहीबार निस्सा वितरण गरिएको छ । त्यस अवसरमा ३ जना भूमिहीन दलित, ८ जना भूमिहीन सुकुबबासी तथा ५९ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको हो ।

निस्साको महत्व र उपयोगिताबारे राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका सदस्य एवं प्रवक्ता आशबहादुर गुरुङले प्रकाश पार्दै जिल्लाका कोही व्यक्ति पनि अब भूमिहीन नरहने र यसको समाधानको सुरुआत अन्नपूर्णबाट भएको बताए ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले हालसम्म गरेका प्रगति र अब गर्ने कार्यबारे जानकारी दिंदै गाउँपालिका अब आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

भूमि आयोग अन्नपूर्ण गाउँपालिकाका फोकलपर्सन प्रभात पौडेलले गाउँपालिकाले छिट्टै सम्पूर्ण वडामा निस्सा वितरण गरी सक्ने जनाए ।

वडाध्यक्ष हिमबहादुर गुरुङले जनताको समस्या र हाल आयोगले दिएको राहतको बारेमा स्पष्ट पारे । उनले वडावासी जनता अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा हुनुपूर्व नै त्यहाँ बसोबास गरेकाले सरकारले उनीहरुलाई जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width