हीरक जयन्ती प्रचारमा विन्ध्यवासिनीको ¥याली

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
Bindabasini

पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको हीरक जयन्ती कार्यक्रम केन्द्रित गरी बिहीबार ¥याली प्रदर्शन गरिएको छ । विद्यालयले साउन २९ मा हुने पुनर्मिलन र साउन ३१ गते राष्ट्रपतिको आतिथ्यमा हीरक जयन्ती मूल समारोह समापन गर्दैछ । र्‍यालीका सहभागी शिक्षक, कर्मचारी तथा विद्यार्थीले सबैलाई यसबारे निम्तो दिएका थिए ।

विभिन्न ५ समूहमा विभाजित र्‍याली केआई सिंह पुलबाट सुरू भई दीप, अमरदीप, चण्डीका, मध्यम पथ, लामाचौर, अमला बिसौनी, चमेरे गुफा, महेन्द्र गुफा, संगम चोक हँुुदै मैदान चोकमा पुगेर सम्पन्न भएको थियोे ।

कार्यक्रममा सहभागीलाई शिक्षक कर्मचारी विद्यार्थी समन्वय उपसमिति संयोजक खिमलाल अधिकारी, समूहगत संयोजक ईश्वर खड्का, लालकुमारी थापा, महेन्द्रप्रसाद पौडेल, माधव अधिकारी, मानबहादुर केसी र शिशिर पौडेलले गौरवपूर्ण हीरक जयन्ती सफल बनाउन सबैको जिम्मेवारी रहेको भन्दै र्‍यालीमा सहभागीलाई धन्यवाद दिए ।

पुनर्मिलनमा भूपू विद्यार्थी, कर्मचारी, शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुबीच पुनर्मिलन हुनेछ भने साउन ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहने विद्यालय प्रअ कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो अवसरमा विद्यालयको नवनिर्मित ३२ कोठे पक्की भवन उद्घाटन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाले बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको विद्यालय कार्यसम्पादन मूल्यांकनमा विन्ध्यवासिनी देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट ५ मा पर्न भएको छ । २००४ सालमा स्थापित पोखराकै पुरानो यस विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • ज्येष्ठ नागरिकका समस्याबारे चर्चा

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । पोखरा–९, शान्तिवनमा केन्द्रीय कार्यालय रहेको ज्येष्ठ नागरिक सरोकार समाज नेपालले आफ्नो १० औं स्थापना दिवस अवसरमा शुक्रबार १०२…
  • छन्त्याल युवा संघ कास्कीमा मोहन

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । नेपाल छन्त्याल युवा संघ कास्की अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको १२ औं साधारणसभा तथा…
  • हाजिरीजवाफमा बालमन्दिर प्रथम

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    हेमजा । माछापुच्छ्रे माविको स्वर्ण महोत्सव अवसरमा पूर्व विद्यार्थी मञ्चले शुक्रबार गरेकोे विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ८ विद्यालयलाई पछि पार्दै बालमन्दिर…
  • राधालक्ष्मी पुरस्कार वियोगीलाई

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    हेमजा । छन्दनायक माधव वियोगीलाई राधालक्ष्मी साहित्य पुरस्कार प्रदान गरिने भएको छ । कवि, शिक्षासेवी तथा चिन्तक हेमजाका लक्ष्मीशरण उपाध्याय…
  • महानगरमा मेरा ५ वर्ष

    शंकर बास्तोला असाेज ८, २०७९
    विल्कुल नयाँ संरचनामा स्थानीय तहको पहिलो निर्वाचन हुँदै थियो । २०५९ पछि रिक्त स्थानीय निकाय सरकारका रुपमा २०७४ मा ब्युँतियो…

hero news full width