गल्फ लुब्रिकेन्टको डिलर मिट

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७९
gulf

पोखरा । गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लि.ले हालै आफ्नो डिलर मिट सम्पन्न गरेको छ । २ दिनसम्म चलेको कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लि.का प्रतिनिधिको सहभागिता थियो ।

डिलरलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिबद्ध गर्ने उद्देश्य थियो । सो अवसरमा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरलाई सम्मान गरिएको थियो ।

नेपाल ल्युब आयल लि.का कार्यकारी निर्देशक करण चौधरीले चुनौतीपूर्ण समयमा पनि डिलरहरूको अथक प्रयासका कारण आफूहरु नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड बनेको दाबी गरे ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width