पोखरामा कृषि एम्बुलेन्स

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७९
Agro ambulance (1)

पोखरा । पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निशुल्क ढुवानी सुविधासहित सेवा संचालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

फलफूल तरकारी मूल्य श्रृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स संचालन हुनेछ । सोसम्बन्धी सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र महानगर प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन् । एक पटकमा ३ टनभन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजाने जनाइएको छ ।

कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाका संकलन केन्द्रहरुबाट फलपूmल तथा तरकारी निशुल्क ढुवानी गर्नेछ भने उपभोक्ता केन्द्रित वडामा वितरणको काम गर्नेछ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्यबजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको आचार्यले बताए । उनका अनुसार कृषि एम्बुलेन्समार्फत कृषकलाई आवश्यक पर्ने बिउसमेत वितरण गर्न सहज हुनेछ ।

कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्युनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकलाई तरकारी बजारसम्म पु¥याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धता लगायत फाइदा हुने महानगर कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए ।

तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिकजसो सञ्चालन गरिने यस सेवाले साना किसानलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width