रुपामा लाखेनाच प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७९
Lakhe Naach Competition

लेखनाथ । रुपा ५ फेदीमा लाखेनाच प्रतियोगिता हुने भएको छ । स्थानीय फेदी नेवा खलः ले साउन २१ गते गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन नाराका साथ स्थापित फेदी नेवा खलःले नेवाः समुदायको कला संस्कृतिको संरक्षण एवं नयाँ पुस्तामा हस्तान्तरणका साथै एकताको सन्देश प्रवाहका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मोहन जोशीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३३ हजार ३ सय ३३, द्वितीय हुने टिमलाई २२ हजार २ सय २२ र तृतीय हुने टिमलाई ११ हजार १ सय ११ प्रदान गरिनेछ । साथै उत्कृष्ट अनुशासित टिम र उत्कृष्ट भेषभूषालाई नगद ४ हजार ४ सय ४४ रुपैंयाँ प्रदान गरिने क्लबका सचिव सुरेन श्रेष्ठले बताए ।

प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार लाग्नेछ भने टिमका १२ जना सदस्यसम्मलाई निशुल्क रुपमा खाजा खाना तथा बासको व्यवस्था आयोजकले गर्ने जनाएको छ । कास्की, तनहुँ र लमजुङबाट २३ टिम सहभागी हुने बताइएको छ ।

प्रतियोगिताका लागि ७ लाख खर्च र १२ लाख आम्दानी हुने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width