पोखरा । एसइई–२०७८ को नतिजामा कास्कीमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको डिज्नील्याण्ड एकेडेमीले सोमबार विद्यार्थीको सम्मान गरेको छ ।
विद्यालयकी छात्रा रितिका पोखरेलले उच्च श्रेणीअन्तर्गत ४ जिपिए (जिल्लामा छात्रातर्फ एकमात्र) ल्याउन सफल भएकी थिइन् । समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद र दोसल्लासहित सम्मान गरिएको थियो ।
पोखरा–७, मासबारस्थित विद्यालयले २०६३ सालमा पहिलो पटक एसएलसी (हाल एसइई) मा आफ्ना विद्यार्थी सम्मिलित गराएकोमा यस पटक १० औं ब्याच थियो । डिज्नील्याण्डबाट २८ परीक्षार्थी सम्मिलित भएकोमा ३.६ माथि ल्याउने ७ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ११ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९ जना र २.४ देखि २.८ जिपिए ल्याउने १ जना छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा भभएको कार्यक्रममा रितिकाले सफलताको श्रेय विद्यार्थीको लगनशीलता, अनुशासन र मिहिनतमा निर्भर हुने बताइन् । कार्यक्रममा विद्यालयका प्राचार्य नरेशप्रसाद बरालले उत्कृष्ट नतिजा सहित सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरेका थिए । विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको प्राचार्य बरालले बताए ।
कार्यक्रमको संचालन विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवं कम्प्युटर विभाग प्रमुख प्रेम गिरीले गरेका थिए ।
यसपालि नेपालभरबाट ४२ विद्यार्थीले ४ जिपिए ल्याएकोमा कास्कीमा रितिकासहित २ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । अर्का विद्यार्थी लुम्लेस्थित बालमन्दिर माविबाट परीक्षामा सम्मिलित पर्वतका अभिषेक न्यौपाने हुन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९