पोखरा । कर्माचार्य समाज, कास्कीले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन २०७९ मा कर्माचार्य बन्धुहरु कर्माचार्य समाज, गण्डकीका उपाध्यक्ष गोविन्दकुमार कर्माचार्य स्याङ्जा भीरकोट नगरपालिकाको प्रमुख (मेयर) पदमा, कर्माचार्य समाज, कास्कीका सल्लाहकार प्रेमप्रसाद कर्माचार्य पोखरा ११ को अध्यक्ष पदमा र कर्माचार्य समाज, गण्डकी प्रदेशका कार्यसमिति सदस्य उत्तमकुमार कर्माचार्य म्याग्दी, बेनी नगरपालिका ८ कोषाध्यक्ष पदमा विजयी भएकामा उनीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
नेवाः छें भीमसनटोलमा भएको कार्यक्रमका नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, कर्माचार्य समाज, गण्डकीका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सम्मानित व्यक्तिहरुलाई फेटा, खादा, माला लगाइ सम्मान गरेका थिए ।
यसैबीच रेखा कर्माचार्यको अध्यक्षतामा गठित २८ सदस्यीय कर्माचार्य महिला समाजको पदस्थापनसमेत गरिएको छ । कार्यक्रममा नेवाः मिसा पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ, अध्यक्ष रेखा कर्माचार्य लगायतले बोलेका थिए ।
समाजका उपाध्यक्ष भरतकुमार कर्माचार्यले धन्यवाद र कर्माचार्य समाज गण्डकीका महासचिव ईश्वरप्रसाद कर्माचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९