५१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार १९, २०७९
Blood donation

पोखरा । कास्की बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजना तथा पोखरा ३ वडा कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । पोखरा ३ का अध्यक्ष प्रकाशमान उदासले २७ पटक रक्तदान गरेका रक्तदाता युवराज आचार्यलाई ब्लडब्याग हस्तान्रण गरी शुभारम्भ गरे । अध्यक्ष उदासले एसोसिएसनले विषम परिस्थितिमा रक्तदान आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

एसोसिएसनका अध्यक्ष राकेश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष राजकुमार थापा, एसोसिएसनका द्वितीय उपाध्यक्ष दीपक बास्तोला लगायतले बोलेका थिए । एसोसिएसनका सहसचिव तथा कार्यक्रम संयोजक प्रकाश पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width