पोखरा । तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना बिहीबार भएको छ । सातौं साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई निर्वाचन समितिका संयोजक श्रीकान्त शर्मा खतिवडाले प्रमाणपत्र वितरण गरे ।
अधिवेशनले भरत केसीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भुवन पराजुली काफ्ले, उपाध्यक्ष जसबहादुर गुरुङ, महासचिव यामबहादुर सुर्खाली, सचिव जगन्नाथ गौतम, कोषाध्यक्ष राजु भण्डारी निर्वाचित भए । सदस्यहरु चित्रबहादुर अधिकारी, हरिबहादुर थापा, धु्रवकुमार महत, श्रीराम सापकोटा, रमा घिमिरे पौडेल, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद सिग्देल र सीता सिग्देल सुवेदी छन् । चन्द्रावती वाग्ले अधिकारी र दीपक भट्टराईलाई निर्वाचित कार्यसमितिको पहिलो बैठकले मनोनीत गरेको छ ।
यसैबीच तनहुँ सम्पर्क समाज पोखरा र ग्यालेक्सी हस्पिटल पोखरा १०, बुद्धचोकबीच समाजका सदस्यलाई उपचारमा छुट दिने सम्झौता भएको छ ।
तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८ मा आबद्ध सदस्यहरु र उनका परिवारलाई उपचारमा लाग्ने हस्पिटल शुल्कमा १५ र औषधी शुल्कमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा समाज अध्यक्ष भरत केसी, सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारी र हस्पिटलका तर्फबाट सञ्चालक हेमन्त मानन्धर, प्रबन्धक निर्देशक ऋषिराम ढकालले हस्ताक्षर गरे ।
यस्तै समाजका आजीवन सदस्य तथा युआरएलका अध्यक्ष एवं अन्नपूर्ण प्याथ ल्याबका सञ्चालक ठाकुरप्रसाद पन्तले समाज र सहकारीका सदस्यलाई रक्त परीक्षण शुल्कमा ३० र क्लिनिक शुल्कमा १० प्रतिशत सहुलियत दिने घोषणा गरे । कार्यक्रममा ओम हस्पिटलका सञ्चालक तुलबहादुर राना नव निर्वाचित अध्यक्ष भरत केसी, निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद भट्टराई, निर्वाचन समिति संयोजक श्रीकान्त शर्मा खतिवडा, निर्वाचन समितिका सदस्य गणेशबहादुर थापा, समितिका सदस्य हरिप्रसाद खनाललगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९