शुभकामना गोल्डकपको फाइनल आज

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
shubhakamana

पोखरा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकप उपाधिका लागि क्यामरुनी क्लब एभिनियर र हेमजा युनाइटेड शनिबार प्रतिस्पर्धामा उत्रिदैछन् ।

हेमजा युनाइटेड आयोजनामा गौरीशंकर खेलमैदानमा हुने फाइनलमा उपाधि विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् ।

आयोजक हेमजाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गर्दा एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

शुक्रबार प्रिम्याच कन्फरेन्समा आयोजक हेमजा युनाइटेडका प्रशिक्षक सुवर्णजंग कार्कीले आफूहरुले एभिनियरसँग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफूहरुलाई खेल जित्न भन्दा पनि खेलमा अनुभव लिनु ठूलो कुरा रहेको बताए ।

उपाधिका लागि क्यामरुनी क्लब एभिनियर र हेमजा युनाइटेड प्रतिस्पर्धामा

एभिनियरका प्रशिक्षक आशिक थापामगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । ‘फाइनल खेल हो सजिलो रुपमा हेर्न भएन । खेलमा हारजीत त हुन्छ । हामीले पनि खेल्ने नै हो,’ उनले भने, ‘हेमजा पनि राम्रो टिम छ । हामी पुरानै फर्मेसनमा खेल्छौं । हाम्रा केही खेलाडीले फाइनल गुमाउने हुँदा अलिकति प्रभाव भने पर्ने नै छ ।’ एभिनियरका गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफूहरु जित्नका लागि आएको र फाइनल खेल उचाल्न भरपूर मिहिनेत गर्ने बताए ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, फिडफिल्डर, फरबार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत असार ४ देखि सुरु प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width