पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनाको अवधिमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक गरेको छ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागी सन् २०२२ जनवरीदेखि जुनसम्म घटेका घटनाहरुको सार्वजनिक तथा समिक्षा कार्यक्रममा कास्कीमासन् २०२२ जनवरीदेखि जुनसम्म ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख भएको जनाएको छ ।
६ ओटा बाल अधिकार अन्तर्गत बलात्कार, बलत्कार प्रयास, यौन दुर्व्यवहार, २ ओटा महिला अधिकार अन्तर्गत बलात्कार र यौन दुव्र्यवहार, घरेलु हिंसाका ३५, गिरफ्तारीका चार, सम्पत्ती क्षतीका दुई हत्याका ४ वटा घटना संकलन गरिएको कास्की प्रतिनिधि सुशन घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले ग्रामीण क्षेत्रमा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको बताउँदै ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुपर्ने बताउनुभयो । उहाँले राज्य र नागरिक दुवैपक्षले मानवअधिकारको पालना गर्नुपर्नेमा जोड दिुनभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्लेले आयोगमा समेत महिला हिंसा सम्बन्धि घटनामा बढी उजुरी पर्ने गरेको बताउनुभयो ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले संयुक्त राष्ट्रसंघले पारित गरेको ७ वटा ठूला महासन्धिमा केन्द्रित रहेर आफूहरुले मानवअधिकारको बारेमा अनुगमन गर्दै आइरहेको बताउनुभयो ।
उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिहरुले अधिकारका विषयमा विभिन्न फोरमहरुमा आवाज उठाउँदै आएपनि न्यायिक प्रक्रियामा जान नसकिरहेको भन्दै पिडा पोख्ने मात्रै नभई न्यायिक प्रक्रियामा समेत अगाडी बढ्नुपर्ने भनाई राख्नुभयो ।
गैरसरकारी संस्था महासंघ गण्डकी कार्यवहाक अध्यक्ष पदमराज पहारीले नागरिकहरु संविधानले प्रदान गरेका अधिकारबाट वञ्चित भएको बताउनु भयो ।
महिला मानवअधिकार रक्षक संजाल अध्यक्ष इन्द्र कुमारी शर्माले वालिका पीडित हुने घटनामा वृद्धि भईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९