कास्की । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा–२५ हेमजा र वडा नं १९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पुर्याएपछि यातायात आवागमन बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।
पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ । पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ । सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ ।
बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पु¥याएको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताउनुभयो । पुलको मुख्य संरचनामा बाढीले क्षति पु¥याएकाले ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । पुल अवरुद्ध भएपछि साना ठूला सबै सवारीका साधन आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छ्रे गाउँपालिकाका केही वडाका नागरिकसमेत पोखरा आवतजावत गर्ने गर्दछन् ।
यसैगरी गएरातिको सेती नदीको बाढीका कारण माछापुच्छ्रे गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
खानेपानीमा इ–कोली जीवाणु भेटियो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
बजेटको किचलोले संसद बैठक अनिर्णीत
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९