पोखरा । पोखरा वडा १ का नवनिर्वाचित वडाध्यक्ष शाहारा प्रधानले अपांगता भएका व्यक्ति, गरिब तथा विपन्न विद्यार्थीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै वडाध्यक्ष प्रधानले वडामा अभिलेख गरिएका पूर्ण अपांगता भएका व्यक्तिलाई वार्षिक ५ हजार र आंशिक अपांगता भएका व्यक्तिलाई वार्षिक ३ हजार प्रोत्साहन भत्ता वितरण गरिने पहिलो निर्णय गरेका हुन् । उनले वडाका सामुदायिक विद्यालयका गरिब तथा विपन्न परिवारका विद्यार्थी पहिचान गरी सुनौलो शिक्षा कार्यक्रमको कार्यविधि तयार गरेर वार्षिक ५ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरे । उनले आफूले कसैलाई भेदभाव नगरी सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाए । वडाभित्र सुशासन कायम गर्दै विकास, निर्माणको काममा सबैसँग सहकार्य गर्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेलले निर्वाचनमा पराजित उम्मेदवारलाई समेत साथमा लिएर अघि बढ्न सुझाव दिइन् । वडाको विकासका लागि विवादरहित भएर काम गर्न सुझाव उनले एकताबद्ध भएर वडाको विकासमा लाग्नुपर्ने बताइन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य प्राडा विश्वकल्याण पराजुलीले निर्वाचनका क्रममा फरकफरक पार्टीबाट प्रतिस्पर्धा गरे पनि अब भने सबैको साझा जनप्रतिनिधि भएको बताए ।
सो अवसरमा निवर्तमान वडाध्यक्ष शारदाकुमारी पराजुली, वडा सदस्य रूद्र सुवेदी, प्रेमकुमारी शाही, प्रेमदेवी परियारको बिदाइ समेत गरिएको थियो । कार्यक्रममा वडासचिव कमलबहादुर बस्नेत र कर्मचारी विक्रम तिमिल्सिनाले पनि बोलेका थिए ।
स्थानीय तह निर्वाचनबाट वडा १ सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, शोभा गुरुङ र जुकमाया दमाई निर्वाचित भएका थिए । नेकपा एमालेबाट वडाध्यक्ष सहारा, जुमकाजी, शोभा र जुकमाया निर्वाचित हुँदा रामजी कांग्रेसबाट वडा सदस्य बनेका हुन् ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९