पोखरा । कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीले एडटेक नेपालको सहकार्यमा गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेको छ । आव २०७८÷०७९ मा सम्पन्न परियोजनाबाट ४ विद्यालयका करिब १३ सयभन्दा बढी विद्यार्थी तथा शिक्षकहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिका ४ बालुवास्थित बुद्ध माविमा ८ लाख ५० हजार तथा अजिरकोट गापाबाट थप ५ लाख म्याचिङ फन्डबाट फर्निचर, ब्याट्री ब्याकअप, इन्भर्टर र २० वटा कम्प्युटरसहितको कम्प्युटर ल्याब स्थापना भएको हो । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका ६ का २ वटा विद्यालय क्रमशः जनकल्याण मावि र तिलाचन मावि निसी भल्कोटमा पनि गाउँँपालिकाको ८ लाख र कर्म फ्लाइट्स तथा एडटेक नेपालको संयुक्त १७ लाख आर्थिक सहकार्यमा २०/२० वटा कम्प्युटरसहितका कम्प्युटर ल्याब स्थापना गरिएको कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
नेपाललाई माया गर्ने एडुटेक नेपालका संस्थापक न्युजिल्यान्ड निवासी मनकारी दाता माइक र सियर्ली चिसमको व्यक्तिगत आर्थिक सहयोगमा कर्मफ्लाइट्स फाउन्डेसनको ५० प्रतिशत रकम म्याचिङ गरी विद्यालयहरुको समेत साझेदारीमा सहलगानी कोषमार्फत कम्प्युटर ल्याबहरु निर्माण गर्दै आएको छ । कम्प्युटर ल्याब स्थापनापश्चात् पनि संस्थाहरुले वर्षको २ पटक विद्यालय अनुगमन गर्ने, क्लस्टर तालिम प्रदान गर्ने र विद्यार्थीको हितमा ल्याब चलाउन लगातार खबरदारी गर्न गाउँपालिका शिक्षा शाखाको संयोजनमा थप तालिम कार्यक्रम गर्ने बताइएको छ ।
हालसम्म कर्म फ्लाइटसले एडुटेक नेपालको सहकार्यमा गोरखा र बागलुङका १४ वटा सामुदायिक विद्यालयमा यस्ता ल्याब निर्माण गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९