अनेरास्ववियुद्वारा विद्यार्थी रिहाइको माग

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७९

पोखरा, १३ जेठ । अनेरास्ववियु कास्कीले आफ्ना विद्यार्थीको बिनाशर्त रिहाइ माग गरेको छ । पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरोधमा बिहीबार पोखराको सभागृहमा भएको प्रदर्शनमा प्रहरीले गरेको विद्यार्थी गिरफ्तारविरुद्ध सो माग गरिएको हो ।

अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष विजय पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सत्ता र शक्तिको दुरुपयोग गर्दै व्यक्ति इगो साँधेर विद्यार्थी नेतामाथि लगाइएको झुठा मुद्दा किःमार्थ स्वीकार्य हुन नसक्ने र बिनाशर्त रिहाइ गरिनुपर्ने जनाएका हुन् । माग सुनुवाइ नभए अनेरास्ववियु जस्तोसुकै कडा आन्दोलना उत्रिने चेतावनी दिइएको छ ।

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिले दैनिक जनजीवनमा सकस परेपछि अनेरास्ववियुले पुर्व घोषित कार्यक्रमअनुरुप केही दिनयता शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width