पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनताको प्रत्यक्ष सरकार भएकाले जनभावनाअनुरुप कार्यसम्पादन गर्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।
कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा बुधबार नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न उनले आग्रह गरे ।
नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन आवश्यकता भएको बताए । गठबन्धनका परिणाम सकारात्मक देखिएकाले आगामी प्रदेश तथा संघीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजानु पर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए ।
आफ्ना पालिकाहरूमा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले आग्रह गरे ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बाग्लुङका सभापति जीत शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा नेपाल सरकारका पूर्व मुख्य सचिव डा.सोमलाल सुवेदी र पूर्व सचिव वावुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्न सकिने कामहरू लगायत विषयमा प्रशिक्षण दिए ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरमा एमाले निर्विरोध
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
पोखरामा गठबन्धनको विजय र्याली, आज सपथ ग्रहण्
एमाले उपमहासचिव गुरुङ भन्छन् : पैसाको खोलो बगाएर चुनाव जिते
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९