पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पोखरा वडा १२ को विकासको लागि आफू हरतरहले लाग्ने बताएका छन् । नेपाली कांग्रेस वडा १२ कमिटीले हालै आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘पोखरा १२ को विकासको जिम्मा मेरो पनि हो भन्ने सम्झनुहोला।’
उक्त वडामा कांग्रेसलाई जिताउन जरुरी भएको भन्दै नेता पौडेलले जीतले नै वडाको विकासमा सहयोग पुग्ने र बजेट व्यवस्थाका लागि केन्द्रिय तहबाटै आफूले पहलकदमी लिने आश्वासन दिए । पोखरा १२ मा कांग्रेसलाई जिताएर पठाए केन्द्रबाट बजेट पार्न आफ्नो पूर्ण पहल रहने उनले बताए । अहिलेको चुनाव स्थानीय तहको भए पनि यसको केन्द्रीय महत्वसमेत भएको भनाइ उनको थियो । यो पटकको चुनावको हारजीतले संघीय चुनावको नतिजामा प्रभाव पर्न सक्ने उनले सुनाए।
सो अवसरमा पौडेलले वडा १२ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका प्रत्यासी सन्तोष बास्तोलालाई विजयी गराउन मतदातासँग आव्हान गरे । कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पनि सो अवसरमा भनाइ राखेका थिए । कार्यक्रमको अध्यक्षता रामजी बास्तोलाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पुतलीबजारमा जनप्रतिनिधिकाे पद वहाली, सुशासनयुक्त पुतलीबजार बनाउने प्रतिबद्धता
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९