वडाध्यक्षका उम्मेदवारसँग फूलबारी क्लबको अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९

पोखरा । पोखरा महानगर पालिका ११ स्थित फूलबारी क्लबले पोखरा महानगर वडा नम्बर ११ को अध्यक्ष पदका उम्मेदवारबीच परिचयात्मक कार्यक्रम गरेको छ । वडावासीका आकांक्षा र उम्मेदवारहरुको योजनाका बारेमा उक्त अवसरमा छलफल गरिएको थियो ।

कार्यक्रममा उपस्थित उम्मेदवारहरुले आफ्नो परिचय र चुनाव चिन्ह प्रस्तुत गरेका थिए । क्लवका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्लबका उपाध्यक्ष मनोज बास्तोलाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार प्रेमप्रसाद कर्माचार्य, नेकपा एमालेको तर्फबाट मिनबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका तर्फबाट चिन्तामणि खरेल, राप्रपाका तर्फबाट कृष्णप्रसाद बास्तोला र स्वतन्त्र उम्मेदवार मोहन घिमिरेले वडा वासीहरुले उठाएका प्रश्नको उत्तर दिएका थिए । कार्यक्रममा फूलबारी क्लबका सचिव जनार्दन बास्तोलाले सहजकर्ताको भूमिका निभाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width