पोखरा । पोखरा महानगरपालिकाले चुनावको मुखमा करिब १४ सय विपन्न परिवारलाई नगद सहयोग गर्ने गरी सूचना निकालेको छ । यसअघि नै फाराम भरेर संकलन गरिएको १ हजार ३ सय ४६ जनाको नाममा अहिले दाबी विरोधका लागि वडामा पठाइएको हो । चुनावअघि मत प्रभावित हुने गरी कुनै कार्यक्रम गर्न नहुने चुनावी आचारसंहिता भए पनि महानगरले त्यसकोसमेत ख्याल नगरी सूचना निकालेको हो । त्यतिमात्रै होइन, विपन्न छात्रवृत्तिको सूचनासमेत अहिले नै निकालिएको छ । दाबी विरोधका लागि सूचना निकालिएको र लाभग्राहीले वडामा खोलेको खातामै पैसा जम्मा गरिदिन लागिएको हो । पोखरा महानगरपालिकाले वैशाख ९ गते कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवार हस्तान्तरण रकम प्राप्त गर्ने लाभग्राहीको दाबी विरोधसम्बन्धी सूचना निकालेको हो ।
यसकै आधारमा अहिले वडा–वडामा नगद पाउने नागरिकहरुले बैंक खाता खोल्न थालेका छन् । सूचनाअनुसार एक परिवारले १० हजारका दरले नगद पाउने छन् । चुनावले गर्मिएको पोखरामा महानगरको यो निर्णयले मत प्रभावित हुन सक्ने भन्दै विरोध गरिएको छ । महानगरले एउटै वडामा आधाभन्दा बढी रकम बाँड्न लागेको छ । वडा नम्बर १३ मा मात्रै ७ सय १३ जनाको नाम पठाइएको छ । अधिकांश एमालेले जितेका वडाबाट लाभग्राही छनोट गरिएको छ । वडा नम्बर १५ मा १ सय ६६ जना, १९ मा ८४ जना, १७ मा ६४ जना, १६ मा ६० जना, २२ मा ७९ जनाको नाम छ । यस्तै, वडा २८ मा ४४ जना, २४ का २०, २९ का २३ जना, २१ मा ९ जना, ८ का २ जना र २५ मा १ जनाले रकम पाउँदै छन् ।
कांग्रेसले जितेका केही वडा पनि समेटिएका छन् । तर लाभग्राही निकै कम छन् । सबैभन्दा धेरै लाभग्राही वडा १२ मा ३२ जना छन् भने २ मा १७ जना, ९ का १४ जना, ३ र १० का ५/५ जना तथा ३२ को १ जनाले रकम पाउने छन् । अहिले लाभग्राहीका सूची प्रकाशन गरिएको र दाबी विरोध परेमा अझै छानविन हुने महानगरले जनाएको छ । अहिले एनआइसी एसिया बैंकका शाखाहरुमा लाभग्राहीको खाता खोल्ने भिड छ । वडा १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले नियमित काम गर्दा विरोध गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
महानगरले साढे १३ सय परिवारलाई १० हजार दरले रकम बाँड्न लागेको हो
‘यो कार्यक्रम संघ सरकारको हो । हामीले महानगरको खाताबाट बाँड्न लागेको होइन,’ उनले भने, ‘काम गर्दै जाँदा चुनावको नजिक पुग्यो होला । तर चुनावकै लागि बाँड्न लागेका होइनौं ।’ लाभग्राही भएका वडामा अहिले बैंकका कर्मचारी पुगेर खाता खोल्न थालेका छन् । कांग्रेस कास्कीले यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइसकेको जनाएको छ । वास्तविक पीडितले सहयोग पाउनुपर्ने भएपनि अहिले उपयुक्त समय नभएको कांग्रेस कास्की सभापति किशोरदत्त बरालले बताए । ‘पीडितले पाउनुपर्छ । हामी त्यसमा विरोध गर्दैनौं । अहिलेसम्म गरेका पनि थिएनौं तर चुनाव सकिएपछि गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘अहिले नै दावी विरोधको सूचना निकाल्ने र बैंक खाता खोल्न लगाउँदा यसले राम्रो सन्देश गएन ।’
वडाले ९ महिनाअघि फाराम भरेर पठाएका थिए । अहिलेसम्म चुपचाप बसेर चुनावकै अगाडि प्रक्रिया अघि बढाउनु गलत हुने बराल बताउँछन् । महानगरका सूचना अधिकारी भरतराज पौडेलले नगद बाँड्ने कुरामा चुनावी आकांक्षा नजोडिएको दाबी गरे । ‘अहिले नै पैसा बाँडिहाल्ने होइन, हामीले खाता खोलेर माथि पठाउनुपर्छ । ढिलो हुने भएपछि सुरु गरेका हौं,’ उनले भने, ‘खासै समस्या त होइन तर विरोध आएपछि हामी सल्लाह गर्छौं । अनि निर्णय लिएर प्रक्रिया अघि बढ्छ ।’ समयमा खर्च हुन नसके रकम फ्रिज हुने र माथि नै फर्किने पौडेलले जानकारी दिए ।
कार्यक्रमका संयोजक विष्णु दाहालले विरोध भएका कारण कार्यक्रम पछि सार्नुपर्ने बताए । रकम वितरणको लागि तयारी अवस्थामा रहे पनि चुनावका कारण विरोध भएको भन्दै उनले मतदानको समयपछि मात्रै प्रक्रिया अघि बढाउन पहल गर्ने बताए । पोखराबाट ३ हजार ७ सय २४ परिवार छनोट भएका थिए । तीमध्ये १ हजार ३ सय ४६ को मात्रै आवेदन परेको महानगरले जनाएको छ । लाभग्राहीको छनोट गर्न उपमेयरको संयोजकत्वमा समिति गठन भएको छ । अहिले उपमेयर नभए पनि कार्यक्रम भने रोकिएको छैन ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९