पोखरा, २२ वैशाख । नेकपा एमाले पोखरा ७ को चुनावी घरदैलो अभियान बिहीबार सम्पन्न भएको छ । वैशाख १८ देखि सुरु घरदैलोमा उम्मेदवारले मतदातासमक्ष वडाको आर्थिक, सामाजिक, शैक्षिक, सामाजिक, पूर्वाधार लगायत विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिहीबार चुनावी प्रचार कार्यालय मासबारदेखि सुरु घरदैलो त्यस क्षेत्रसहित नुुवारथोकस्थित पुष्पलालपार्क पुगेर कोणसभामा परिणत भएको थियो । उम्मेदवारलाई मतदाताले जीतको शुभकामना दिंदै फूलमालासहित खादा लगाएर घरदैलोमा स्वागत गर्ने गरेका थिए ।
कोणसभामा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले पाँचदलीय गठबन्धन आफैमा कमजोर भएर गठबन्धन गरेको जनाउँदै त्यसको कुनै औचित्य नभएको बताए । उनले यसपालि पनि एमालेलाई जिताउन मतदातासमक्ष अनुरोध गरे ।
वडाध्यक्षका प्रत्यासी किशोर बरालले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिबद्धता जनाए । उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा सहभागिता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा वडा इन्चार्ज चिरञ्जीवी गौतम, महिला सदस्य उम्मेदवार बसुन्धारा लामिछाने, दलित महिला सदस्य सुनिता सुनार, खुला सदस्य अर्जुन थापा र विष्णुमणि बरालले चुनावी प्रतिबद्धता व्यक्त गरेका थिए।
पोखरा ७ यसअघि पनि जितेको वडा भएकोले यसपालि पनि जीत सुनिश्चित भएको चुनाव प्रचारप्रसार संयोजक शारदा गिरीले बताइन् । अब शुक्रबारदेखि मतदाता शिक्षा, सभा लगायत कार्यक्रममा केन्द्रित हुने उनको भनाइ छ । आगामी ३० वैशाखको चुनाव अघि समय रहे पुनः घरदैलो कार्यक्रम दोहोर्याइने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
पुतलीबजारमा जनप्रतिनिधिकाे पद वहाली, सुशासनयुक्त पुतलीबजार बनाउने प्रतिबद्धता
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९