पोखरा १ मा कांग्रेस उम्मेदवारले सके घरदैलो

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
congress pkr 1~sita gurung

पोखरा, २१ वैशाख । स्थानीय तहको मतदान मिति नजिकिंदै जाँदा कतिपय उम्मेदवार आ–आफनो क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त छन् । तर पोखरा वडा १ मा नेपाली कांग्रेसका उम्मेदवारले भने घरदैलो सकेका छन् । गत वैशाख १४ देखि सुरु घरदैलो कार्यक्रम सकिएपछि उम्मेदवार अब मतदाता शिक्षामा केन्द्रित हुने जनाएका छन् ।

बुधवार कांग्रेस वडा १ प्रचार समितिले वडाभित्र मोटरसाइकल ¥याली निकालेकोमा बिहीबारदेखि उम्मेदवारसँगै नेता तथा कार्यकर्ता मतदातामाझ मतदाता शिक्षा, कोणसभा र प्रशिक्षणमा लाग्ने वडा अध्यक्ष उम्मेदवार सीता गुरुङले बताइन् ।

सीता भन्छिन्, अब हाम्रो उद्देश्य भनेको मतदाताले हालेको मत सतप्रतिशत सदुपयोग होस् र खेर नजाओस भन्ने हो । जसका लागि मत राख्ने तरिकासँगै मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताकामाझ जान्छौं । योसँगै पार्टीका उम्मेदवारका पक्षमा माहोल बनाउन कोणसभा र प्रशिक्षण कार्यक्रम समेत सुरु गर्छौ ।

उम्मेदवारले घरदैलोमा ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै आफनो वडाका टोलटोलमा प्रत्येक मतदाताको घरदैलोमा पुगि सुझाव संकलन गरेका थिए । साथै मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउने, निर्वाचितपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग सुझाव संकलन गरेको अध्यक्षकी उम्मेदवार सीताले बताइन् ।

चुनावमा उनीसँगै सदस्यमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल लडेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width